www.tandavnews.com
Fact ~ In search of truth

‘डेङ्गु’ देखिन थालेपछि बन्दीपुरमा आपत्कालीन कोष स्थापना

तनहुँ ।

तनहुँको बन्दीपुर गाउँपालिकाले डेङ्गु रोगको सङ्क्रमण देखिन थालेकाले त्यसको रोकथाम गर्न तत्कालका लागि रु पाँच लाख बराबरको आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।

पालिकाको बैठकले आपत्कालीन कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषको रकमबाट कोरोना सङ्क्रमणका विषयमा सचेतनामूलक कार्यक्रमका साथै डेङ्गु नियन्त्रणका लागि सरसफाइ कार्यक्रम गरिने योजना रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए । पानीका खाल्डाखुल्डी पुर्ने, घर वरिपरि सरसफाइ तथा झाडी फडानी लगायतका सचेतनामूलक कार्यक्रम गरी डेङ्गु नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने उनले बताए।

Batas

त्यसैगरी व्यावसायिक शुल्कमा ५० प्रतिशत छुट दिने गाउँपालिकाले निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण व्यापार व्यवासय प्रभावित हुँदै गएकाले राहतस्वरुप व्यावसायिक शुल्कमा छुट दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन् ।

उनका अनुसार कोरोना भाइरसका कारण अहिले सबै क्षेत्र प्रभावित भइरहेको र त्यसमा पनि पर्यटन, उद्योग, व्यापार व्यवसायसमेत मारमा परेका कारण व्यवसायीलाई केही राहत प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरिएको हो ।

गाउँपालिकाले यस सङ्कटको अवस्थामा मौका छोपी दैनिक उपभोग्य वस्तुमा कालोबजारी नगर्न, हल्लाको पछाडि नलागी आवश्यक सावधानी अपनाएर भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन आग्रह गरिएको उपाध्यक्ष गुरुङले बताइन् ।

कोभिड– १९ को सङ्क्रमणले विश्व अर्थतन्त्रलाई सङ्कटमा पारिरहेको अवस्थामा वित्तीय संस्थालाई ऋणमा केही सहुलियत दिन तथा घर मालिकलाई भाडामा केही सहुलियत दिने व्यवस्था मिलाउनसमेत आग्रह गरिएको उनले बताइन् ।

केही दिनयता बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ह्वात्तै घटेको छ । पर्यटकीय क्षेत्र बन्दीपुरमा पर्यटक नआउँदा सुनसान बन्दै गएको छ । पृथ्वीराजमार्ग क्षेत्रमा सवारी साधानको दैनिक चाप घट्दै गएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.