www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरसमा गर्मीको असर कत्ति ?

पोखरा ।

कोरोना भाइरसको संक्रमणले विश्वका अधिकांश राष्ट्रमा भयावह स्थिती सिर्जना भएपछि सामाजिक सञ्जालमा विभिन्न तथ्यलाई आधार बनाई चर्चा सुरु भएको छ ।

चीनको वुहान सहरमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिएसँगै सामाजिक सञ्जालमा अब गर्मी महिनामा यो भाइरस हट्ने विश्वमा चर्चा भएको छ ।जाडो महिनामा देखा परेको भाइरस गर्मीमा नष्ट हुनसक्ने भन्दै विभिन्न तर्कविर्तक आइरहेका छन्। तातोपानी पिउनाले‚ तातोपानीले नै नुहाउनाले भाइरस नष्ट हुने बताइरहेका छन्।

Batas

विभिन्न सामाजिक सञ्जालहरुमा त युनिसेफलाई स्रोत बताएर तातो पानी र सूर्यको किरणद्वारा भाइरस नष्ट हुन्छ समेत भनिएको छ। यूनिसेफको अनसार यस्ता कुरा भ्रम र अफवाह मात्र भएको बताइएको छ ।

आइसक्रीमजस्ता चिसा पदार्थ नखानाले कोरोना संक्रमण कम हुन्छ भन्नेजस्ता अफवाहहरु भाइरल भइरहेका छन्। यस्ता सूचनादेखि होसियारी अपनाउनका लागि पनि विभिन्न संघसंस्थाहरुले यसका विरुद्ध सूचनाहरु फैलाइरहेका छन्।

कोरोना भाइरसमा गर्मीको असर कत्ति ?

कोरोना भाइरस ६०–७० डिग्री सेल्सियसको तापक्रममा पनि नष्ट नहुने तथ्य सार्वजनिक भएको छ। कसैको शरीरभित्र यति तापमान हुँदैन। केही भाइरस तापमानको वृद्धिसँगै नष्ट हुने किसिमका हुन्छन्। तर‚ कोरोना भाइरसमा तापमान वृद्धिको कत्तिको असर पर्छ ? यसको बारेमा बेलायती डाक्टर सारा जार्भिसका अनुसार सन् २००२ नोभेम्बरमा सार्स महामारी सुरु भएको थियो जसको संक्रमण जुलाईमा रोकिएको थियो। तर यो तापमानको बदलावको कारणले भयो अथवा केही अन्य कारणले यो भने भन्न मुश्किल नै छ।

भाइरसको विषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताहरुको अनुसार गर्मी मौसममा कसैले हाच्छ्यूँ गर्दा त्यहाँबाट निस्किएका कणहरु जमिनमा खस्ने र घामका कारणले छिट्टै सुक्ने भएकाले संक्रमण कम हुनसक्ने हुन्छ।

एक पटक हाच्छ्यूँ गर्दा ३ हजारभन्दा बढी कण

जब संक्रमित व्यक्तिले खोक्ने अथवा हाच्छ्यू गर्ने गर्छ त्यसबेला सासको माध्यमबाट सो भाइरस अर्को व्यक्तिमा सर्ने गर्छ। मानिसले एक पटक हाच्छ्यूँ गर्दा ३ हजारभन्दा बढी कण (ड्रपलेट्स) शरीरबाट बाहिर आउँछन्।

संक्रमित व्यक्तिको नजिक जाँदा सासको माध्यमबाट यो भाइरस जो कोहीको शरीरमा पनि प्रवेश गर्न सक्छ। कहिलेकाहीँ यस्ता कण कपडा‚ दराजको ह्यान्डिल र सामानमाथि पनि झर्न सक्छन्। त्यस्ता स्थानमा कसैले आफ्नो हात पुर्‍याए र त्यो हातले आफ्नो नाक‚ आँखा र मुख छोएमा पनि संक्रमण फैलन सक्छ।

 शरीरबाहिर कति दिनसम्म बस्छ  कोरोना?

‘अमेरिकन नेशनल इन्स्टिच्युट एण्ड हेल्थ’ले आफ्नो रिसर्चका अनुसार यो भाइरस थुकका कणमा ३-४ घण्टासम्म बाँच्छ। र हावा पनि तैरिन सक्छ। तर यदि यो भाइरस दराजको ह्यान्डल‚ लिफ्ट बटनजस्ता धातुमा रहेमा ४८ घण्टासम्म सक्रिय रहन्छन्।

यदि त्यही कण स्टिलको धातुमा रहेमा २–३ दिनसम्म भाइरस सक्रिय रहन्छ। केही पुराना अनुसन्धानका अनुसार कोरोना भाइरसले यदि आफ्नो अनुकुल स्थान पाएमा यो एक सातासम्म पनि सक्रिय रहन सक्छ। कपडाजस्ता नरम वस्तुमा कोरोना भाइरस धेरै समय टिक्न सक्दैन।

यस्तोबेलामा यदि एकदुई दिनसम्म एउटैमात्र कपडा नलगाउने हो भने भाइरस धेरै सक्रिय रहन पाउँदैन। कोरोना भाइरसको कण भएको स्थानमा छुनासाथ त्यो भाइरसबाट हामी संक्रमित हुने भन्ने चाहीँ होइन। त्यस्ता स्थानमा छोएको हात आफ्नो मुख‚ आँखा‚ नाकको माध्यमबाट भित्र जाने सम्भावना प्रवल हुन्छ। त्यसैले हातलाई यस्ता संवेदनशील अङ्गमा नलैजाँदा यसको संक्रमणको संभावना कम हुने जनाइएको छ ।

कोरोना भाइरस संक्रमण विश्वका १ सय ८६ देशमा फैलिसकेको छ। कोरोनाबाट बँच्नका लागि विभिन्न देशका सरकार आफ्ना नागरिकहरुलाई सतर्कता अपनाउनका लागि आग्रह गरिरहेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.