www.tandavnews.com
Fact ~ In search of truth

कोरोना विरुद्धको अभियानमा नवप्रभात स्काउट

ताण्डव न्यूज,

पोखरा ।

विश्वलाई चुनौती दिइरहेको कोरोना भाइरस विरुद्ध नवप्रभात स्काउटले ह्यान्ड वास अर्थात हात धुने अभियान सञ्चालन गरेको छ ।भाइरस विरुद्ध लड्नका लागि त्रसित होइन स्वास्थ्य तथा सरसफाईमा सचेत बन्नुपर्ने भन्दै सचेतनाका लागि स्काउटले यो अभियान सुरु गरेको हो ।

Batas

नवप्रभात स्काउटले पोखराका विभिन्न चोक तथा अस्पतालमा ह्यान्ड वास स्टेसन राखी अभियान सुरु गरेको हो ।पोखराको व्यस्त चोक चिप्लेढुंगा, पृथ्वीचोक, बाराहीघाट, आखाँ अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी) मा गरि पाँच ठाउँमा स्टेसन राखिएको छ ।

चिप्लेढुंगा र पृथ्वीचोकमा १२ बजेदेखि दिउँसो ४ बजेसम्म, आखाँ अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी) मा बिहान ९ देखि १२ बजेसम्म र बाराही घाटमा बिहान ७ देखी ११ बजे सम्म उक्त ह्यान्ड वास स्टेसन खुला रहने गरेको छ ।

यी स्टेसनमा सर्वसाधारणलाई हात धुन सिकाइने, स्यानिटाइजर प्रयोगको महत्व बुझाइने साथै कोरोना संक्रमणबाट बच्न के के गर्नुपर्छ भनी सचेतनामुलक पर्चा वितरणका लागि ३० जना रोभर/रेन्जर तथा स्काउट मास्टर खटिएको कास्की स्काउटका लिडर तथा कास्की संगठन आयुक्त सागर पौडेलले जानकारी दिए ।

चैत्र ७ गते शुक्रबारबाट सुरु भएको अभियान चैत्र १३ गतेसम्म जारी रहने छ । हालसम्म स्टेसनहरुबाट ५ हजार बढी सर्वसाधारण लाभान्हीत भएका छन् भने २० हजार यस अभियानमा सहभागी हुने लक्ष्य स्काउटको रहेको छ ।

स्काउट आपत विपतका बेला सामाजिक कार्यमा अग्रसर रहदैँ आएको छ । कोरोना भाइरस संक्रमण हाल विश्वका १ सय ८६ देशमा फैलिसकेको छ। यसबाट भयावह स्थिती सिर्जना गर्नु र अपवाह फैलाउनु भन्दा पनि सचेत रहन नव प्रभात स्काउटले सुझाव दिएको छ ।

नव प्रभात स्काउट प्राकृतिक प्रकोप बाढी पहिरो, भुकम्पका बेला प्रभावित बनेकाहरुलाई सहयोग लगायतको सामाजिक कार्यमा अग्रसर रहँदैँ आएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.