www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ :पोखराका तीन अस्पतालमा ज्वरो जाँच सेवा

पोखरा ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्युनिकरणका गर्न पोखराका विभिन्न स्वास्थ्य सेवा प्रदायक सस्थाले ‘फिभर क्लिनिक’ (ज्वरो जाँच सेवा) सञ्चालमा ल्याएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताल फूलबारी र गण्डकी मेडिकल कलेज नयाँबजारमा सो सेवा शुरुआत भएको कोरोना भाइरस रोकथाम उच्चस्तरीय निर्देशक समितिका स्रोत व्यक्ति (फोकल पर्सन) डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

Batas

उनले भने, ‘फिभर क्लिनिकमा ज्वरो आएका र भाइरस संक्रमणका आशंका गरिएका बिरामी जाँच हुने छ । सेवा बिहान ९ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।’ नेपाल मेडिकल काउन्सिलले गत बिहीबार एक सूचना प्रकाशित गरी १०० श्ययाभन्दा माथिका अस्पतालले अलग्गै ज्वरो क्लिनिक (फिभर क्लिनिक) सञ्चालन गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार यहाँका ती तीन अस्पतालले छुट्टै ‘फिभर क्लिनिक’ सञ्चालनमा ल्याएका हुन् । त्यसैगरी आज (आइतबार)देखि यहाँ मा ‘हेलो डाक्टर’ हटलाइन सेवा शुरु हुने भएको छ । रुघाखोकी र ज्वरो आएका बिरामीले ०६१–५२४०७४ मा फोन गरी चिकित्सकबाट आवश्यक सोधपुछ र परामर्श लिन सक्नेछन् ।

स्वास्थ्य निर्देशक डा शर्माका अनुसार बिरामीले घरमै बसीबसी चिकित्सकलाई फोन गरी आफ्नो जिज्ञासा र समस्या जानकारी गराइ जानकारी प्राप्त गर्न सक्नेछन् । हटलाइन सेवा प्रदेश स्वास्थ्य निर्देशनालयमा रहनेछ ।

रुघाखोकी लागेका बिरामीलाई मात्र फिभर क्लिनिकमा सम्पर्क गर्न सुझाव दिइनेछ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सामान्य रुघाखोकी लाग्दैमा नआत्तिन, सरसफाइमा ध्यान दिन र भीडभाड हुने स्थानमा नजान आग्रह गरे । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.