www.tandavnews.com
Fact ~ In search of truth

कोभिड–१९ :भीमाद नगरपालिकामा आपतकालीन कोष

तनहुँ ।

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिम न्यूनीकरणका लागि तनहुँको भीमाद नगरपालिकाले आपतकालीन कोष खडा गरेको छ । सो भाइरसका बारेमा सर्वसाधारणलाई सचेतना जगाउन नगरपालिकाले तीन लाख बजेट व्यवस्था गरी कोष सञ्चालनमा ल्याएको छ ।

वडाभर सचेतना कार्यक्रम सञ्चालनका लागि कोषमा रकम जम्मा गरिएको नगर प्रमुख मेखबहादुर थापाले जानकारी दिए । नगरवासीलाई सो भाइरसको संक्रमणबाट सुरक्षित बनाउन प्रत्येक वडामा समिति गठन गरी सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाइएको उनले बताए ।

Batas

सो भाइरस संक्रमित भएको भेटिए तत्काल उपचारका लागि व्यवस्था मिलाउने जनाएको छ । ‘कोभिड–१९ को सङ्क्रमण भएको शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउने छौँ’, थापाले भने ।

नगरपालिकाको खर्चमा नै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा सम्भावित विरामीलाई उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरिएको छ

आइसोलेसन कक्षको निरीक्षण

जिल्लाका सुरक्षा निकायका प्रमुखले सो केन्द्रमा निर्माण गरिएको सो कक्षको निरीक्षण गरेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी नेतृत्वको टोलीले उपचार केन्द्रमा निर्माण गरिएको कक्षको निरीक्षण गरेका हुन् ।

सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले आइसोलेसन कक्षको बारेमा प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका थिए । उपचार केन्द्रमा १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ ।

उपचार केन्द्रको तेस्रोतलामा जनरल वार्डको उत्तरतर्फ आइसोलेसन कक्ष छ । उपचार केन्द्रका तीन स्वास्थ्यकर्मीलाई कोरोनाको नमूना संकलन गर्न तालिम दिइएको छ । ‘शंकास्पद बिरामी आएमा घाँटीको तल्लो भागको स्वाबको नमूना संकलन हुनेछ, उक्त स्वाब तत्कालै काठमाडौँ पठाएर परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ’, उनले भने । उनका अनुसार ४८ घण्टाभित्र सो भाइरसको संक्रमण भए÷नभएको प्रतिवेदन आउनेछ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.