www.tandavnews.com
Fact ~ In search of truth

अत्यावश्यक बाहेकका सेवा अनिवार्य बन्द गर्नु : कास्की प्रशासन

पोखरा
ताण्डव न्यूज ।

जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा अनिवार्य बन्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार प्रशासनले सेवा बन्द गर्न निर्देशन दिएको हो ।

सूचना जारी गर्दै प्रशासनले भनेको छ‘संघ प्रदेश र स्थानीय तहका सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसार अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु मिति २०७६/१२/०९ देखि २०७६/१२/२१ सम्म अनिवार्य बन्द गर्ने ।’

Batas

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस विरुद्ध सतर्कता अपनाउँदै सरकारले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न निर्देशन दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेकाे सूचना

यी पर्छन अत्यावश्यक सेवामा

राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाको भाग ५ को अनुसार आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवा, हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा पर्छन्।

त्यस्तै प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर सामानको उत्पादन गर्ने,थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा, पेट्रोलियम पदार्थ (एल.पि) ग्याँस समेत) को पैठारी, ढुवानी र भण्डारण तथा वितरण सम्बन्धी सेवा पनि अत्यावश्यक सेवामा पर्छन्।

त्यसैगरि अस्पताल तथा स्वास्थ्थ केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु), औषधि निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैकिङ सेवा, बिमा सेवा, विद्युत सेवा, दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न, दाल चामल, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा पनि राजपत्रमा प्रकाशित अत्यावश्यक सेवाभित्र पर्छन्।

तर राजपत्रमा प्रकाशित हवाईअड्डा वा हवाईजहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा, हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने, पर्यटन आवास, मोटेल, होटेल, रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवामा भने प्रावधान लागु नहुने देखिएको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.