www.tandavnews.com
Fact ~ In search of truth

महालक्ष्मी बैंक लेकसाइड शाखाद्धारा केदारेश्वरमा यज्ञ मण्डप निर्माण

पोखरा ।

महालक्ष्मी विकास बैंक लिमिटेड लेकसाइड शाखाले आइतबार एक कार्यक्रमका विच नवनिर्मित केदारेश्वर यज्ञ मण्डप केदारेश्वर महादेव मणी सेवा आश्रमलाई हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्वर ६ का अध्यक्ष जगतबहादुर पहारीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्नै वडामा रहेको केदारेश्वर महादेव मणी सेवा आश्रममा सहयोग गरेकोमा खुशी व्यक्त गरे ।

Batas

महालक्ष्मी विकास बैंक लिमिटेड लेकसाइड शाखाका प्रमुख नवराज भण्डारीले महालक्ष्मी बैकंले पोखरामा ६ वटा शाखा स्थापना गरि सेवा प्रदान गरिरहेको बताए । साथै उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यज्ञ मण्डप निर्माण गरेको बताए । बैंकले यो बाहेक विभिन्न स्थानमा डस्बिन वितरण, यात्रुलाई सहज बनाउनको लागि प्रतिक्षालय निर्माण लगायतका विविध कार्य गरेको बताए ।

बैंकका न्युरोड शाखा प्रमुख गणेश प्रसाद आर्चायले केदारेश्वर महादेवमणी सेवा आश्रममा सहयोग गर्न पाउनु अवसरको कुरा रहेको बताउँदै बैक नाफामुलक भन्दा पनि सेवा मुलकरुपमा कार्यक्रमहरु अगाडी बढाउँदै आएको बताए ।

बैकले करिव २ लाख ५ हजार बराबरको सहयोग गरेको हो । केदारेश्वर महादेवमणी सेवा आश्रमका पिठाधिश डाक्टर लेखनाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा समिति सहसचिव मिना भट्राई, मितेरी नारी समुहका अध्यक्ष तारा आचार्य, लगायतले मन्तव्य राखेको थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष दयानन्द पोख्ररेल र संचालन सचिव खेम पहारीले गरेका थिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.