www.tandavnews.com
Fact ~ In search of truth

फ्रान्सबाट कतार हुँदै नेपाल आएका एक व्यक्तिमा ‘कोरोना पोजेटिभ’

काठमाडौँ ।

फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।फ्रान्सबाट नेपाल फर्किएकी १९ बर्षिया एक युवतीमा कोरोना पोजेटिभ भेटिएको देवकोटाले पुष्टि गरे ।

Batas

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको जनाइएको छ ।

को हुन् सङ्क्रमित व्यक्ति?

सङ्क्रमण भएको पुष्टि भएकी व्यक्ति १९ वर्षकी भएको जानकारी सरकारले दिएको छ।युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ।

नेपाल आएपछि उनी घरमै क्वारन्टीन अर्थात् एकान्तवासमा थिइन्। सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ।उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए।

उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ। रासस

 

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.