www.tandavnews.com
Fact ~ In search of truth

निजी सवारी साधन लामो मार्गमा पनि चल्न पाउने

काठमाडौं ।

सरकारले आजदेखि लामो दूरीका सार्वजनिक सवारी साधनलाई रोक लगाए पनि निजी सवारी साधन भने नरोक्ने भएको छ ।

कोभिड–१९ जोखिमको सबैतिर बढ्दै जाँदा सरकारले यात्रुको सुरक्षालाई दृष्टिगत गरी लामो दूरीका सार्वजनिक सवारी साधनमा रोक लगाएको हो । हालका लागि निजी सवारी साधन नरोकिने गरी निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Batas

काठमाडौँ उपत्यकाबाट कुनै पनि सवारी साधन बाहिर जान नपाइने र बाहिरबाट पनि उपत्यका प्रवेश गर्न नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि सार्वजनिक सवारी साधन एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उनले भने, ‘सार्वजनिक सवारी साधन एउटै जिल्लाभित्र मात्रै चलाउन पाइने छ ।’

सरकारले यसअघि नै १३ मार्गमा सञ्चालनमा रहेका नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि बन्द गरिसकेको छ । विभागले सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउन र यात्रुले पनि यात्रा गर्न नपाउने नियम लागू गरेको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.