www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अटेर गर्ने ४ सय २६ सवारी नियन्त्रणमा

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

विश्वभर फैलिरहेको (कोभिड–१९) कोरोना भाईरस रोकथामका लागि सरकारले (मंगलबार) देखी देशभर एकसाथ लागु गरेको लकडाउनको आदेश पश्चात मनोमानी सडकमा निस्केका ४ सय २६ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ ।

कास्कीको गगनगौंडा, तालचोक, छोरेपाटन, रामबजार, महेन्द्रपुल, पृथ्वीचोक, प्रस्र्याङ लगायतको मुख्य चोकबाट (मंगलबार) र आज (बुधबार) मध्यान्ह १२ बजे सम्म अतिआवश्यक बाहेक निजी प्रयोजनका लागि बाहिर निस्केका सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

Batas

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले मंगलबार ३ सय ७५ र आज मध्यान्ह १२ बजे सम्म ५१ सवारी साधनलाई नियन्त्रणमा लिएको ताण्डव न्यूजलाई बताए । ‘हिजो भन्दा आज कम कारवाहीमा परोस भन्ने हिसाबले कडाई गरेका थियौ । हिजोको तुलनामा आज केही कम भएको छ, उनले भने, ‘हिजो चाँबी राख्यौ सचेत गर्दै साधन डोर्याएर घर पठायौ । आजबाट डकुमेन्ट सहित लकडाउन भरी साधन यही राख्नेछौ र अन्त्यमा कारवाही गरी छाड्छौ ।’

प्रहरी निरिक्षक रोकाले (मंगलबार) १ दर्जन निजी कार बाहेक बाँकी सबै मोटरसाईकल र स्कुटर रहेको बताउदै आज (बुधबार) मध्यान्ह १२ बजे सम्म आधा दर्जन कार नियन्त्रणमा रहेको जानकारी दिए । ‘सबैभन्दा बढि दुई पाङ्ग्रे छन्, उनले भने, ‘चार पाङ्ग्रे लैजान नमिल्ने भएर यही छ आजबाट सबै सवारी साधन यही रहन्छ ।’

जनताले लकडाउनलाई सरल रुपमा लिएको पाईएको बताउदै सम्बन्धित निकायले कडा कारवारीको व्यवस्था गर्न जरुरी रहेको धारणा राखे । ‘लकडाउनमा अतिआवश्यक काम बाहेक बाहिर निस्कने जो कोहीलाई छुट्टै ठाउँमा कारवाहीका लागि राख्ने व्यवस्था हुनुपर्ने हो, खै !’ उनले भने ।

त्यसोत संक्रामक रोग ऐन–२०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले गर्न सक्छ भने कर्फ्यू स्थानीय प्रशासन ऐन अनुसार जिल्ला सुरक्षा समितिबाट निर्णय गराएर प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले लगाउन सक्छ ।

कर्फ्यु जस्तो कडा नहुने लकडाउनको आदेश पालना नगर्नेहरुलाई ६ महिनासम्म कैद र ६ सय रूपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने कानुनी व्यवस्था छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.