www.tandavnews.com
Fact ~ In search of truth

BREAKING : क्वारेन्टाइनमा रहेका एक ब्यक्तिको पोखरामा मृत्यु

पोखरा
ताण्डव न्यूज ।

भारतबाट फर्किएका एक ब्यक्तिको पोखरामा मृत्यु भएको छ । रुपा गाउँपालिका निवासी ५० वर्षीय एक ब्यक्ती हैदराबादबाट फर्किएका थिए ।

थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको अस्पताल स्रोतले बतायो । उनि १२ दिनअघि भारतबाट आएको र हिजो मंगलबारबाट क्वारेन्टाइनमा राखिएकाे रुपा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पोखरेलले बताए ।

Batas

‘मुटुको रोग, कलेजोमा पानि जमिराखेको भन्ने थियो’ उनले भने ।

उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको अस्पताल निर्देशक अर्जुन आचार्यले बताए । थप जानकारी आउन बाँकी रहेको उनले ताण्डव न्यूजसँग बताए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.