www.tandavnews.com
Fact ~ In search of truth

मृतक विश्व बन्धु सार्कीको ‘स्वाब’ परिक्षणका लागि पठाइयो

पोखरा
ताण्डव न्यूज ।

क्वारेन्टाइनमा रहेका कास्की जिल्ला रुपमा गाउँपालिका वडा–७ का ५० वर्षीय विश्व वन्धु सार्कीको बुधबार थप उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउने क्रममा मृत्यु भएको थियो ।

गाउँपालिकामा क्वारेन्टाइनमा राखिएको सार्कीमा कोरोना भाइरसको संक्रमण थियो वा थिएन भन्ने जानकारी पाउन शवबाट स्वाब निकाली परिक्षणको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला कास्कीमा पठाइएको अस्पतालका निर्देशक अर्जुन आचार्यद्धारा हस्ताक्षर विज्ञप्तीमा उल्लेख छ । त्यहाँबाट स्वाव परिक्षणको लागि काठमाण्डौं पठाइन्छ ।

Batas

विज्ञप्तीका अनुसार सार्की भारतमा कोरोनाको संक्रमण फैलिए पश्चात भारतबाट आफ्नो घरमा आएको हुनाले गाउँपालिकामा हुनसक्ने सम्भावित संक्रणबाट बच्न क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइनमै रहेको अवस्थामानै अचानक वेहोश भई क्वारेन्टाइन स्थलबाट थप उपचारका लागि चैत्र १२ गते साँझ ल्याउने क्रममा बोटोमै मृत्य भएको चिकित्सकद्धारा मृत्यु भइसकेको घोषण थयो ।

अस्पतालले आज (विहीबार) विज्ञप्ती जारी गर्दै स्वाव परिक्षणको लागि पठाएको र परीक्षणको अन्तिम रिपोर्ट प्राप्त भएपश्चात थप विवरण सार्वजनिक गरिने उल्लेख गरेको छ ।

विज्ञप्ती

कास्की जिल्ला रुपा गाउँपालिका वडा–७ निवासी वर्ष ५० को विश्व वन्धु सार्की भारतमा कोरोनाको संक्रमण फैलिए पश्चात भारतबाट आफ्नो घरमा आउनुभएको कारण गाउँपालिकामा हुनसक्ने सम्भावित संक्रमणबाट बच्न क्वारेन्टाइनमा राखिएकोमा उत्तः स्थानमा क्वारेन्टाइनमा रहेको अवस्थामानै अचानक बेहोश भई क्वारेन्टाइन स्थलबाट थप उपचारका लागि मिति २०७६ साल चैत्र १२ गते साँक्र ४ः४५ बजे यस अस्पतालको इमर्जेन्सी विभागमा ल्याइएकोमा उपचारमा संलग्न चिकित्सकद्धारा निजको स्वास्थ्य परीक्षण गर्दा अस्पताल ल्याउने क्रममा बाटोमानै निजको मृत्यु भइसकेको घोषण भएको छ ।

हाल कोरोना भाइरसको संक्रमण विश्वभरी फैलिरहेको र नेपालमा समेत यसको संक्रमणबाट बच्न विभिन्न उपायहरु अवलम्वन गरिएको निज मृतकको शव यस अस्पतालको शव गृहमा राखी निजमा कोरोना भाइरस को संक्रमण छ वा छैन भन्ने आशंका मेटाउन मृतकको शवबाट स्वाव निकाली परिक्षण्को लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला कास्कीमा पठाइसकिएको छ र उक्त परीक्षणको अन्तिम रिपोर्ट प्राप्त भएपश्चात थप विवरण सार्वजनिक गरिने व्यहोरा सम्वन्धित सबैमा जानकारीको लागि यो विज्ञप्ती प्रकाशित गरिएको छ ।

सह.प्रा.डा
अर्जुन आचार्य

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.