www.tandavnews.com
Fact ~ In search of truth

कोभिड-१९ : सुरक्षा दिने कास्की प्रहरी नै असुरक्षित

सुशान्त गाहा मगर
ताण्डव न्यूज,पोखरा ।

देशव्यापी गत मंगलबार देखी लकडाउनको आदेश जारी गरेपछि सडकमा नेपाल प्रहरीको तैनाथी बाक्लो छ । सुरक्षासँगै उनीहरुमा संक्रमणको जोखिम पनि उच्च छ ।

सुरक्षाको दृष्टिकोणबाट फ्रन्ट लेयरमा रहने भएकाले नेपाल प्रहरी तथा सशत्र प्रहरी बल लगायतका सुरक्षार्कीहरुलाई सुरक्षा सामाग्रीको आवश्यक अपरिहार्य छ । तर कास्की प्रहरीको मातहतमा खटिएका प्रहरीलाई सम्बन्धित निकायको सहयोग भने शुन्य छ ।

Batas

‘न त पोखरा महानगर नत गण्डकी प्रदेश सरकार, यी दुवै निकाय बेखबर छन् । सहयोग शुन्य छ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक सन्तोष रोकाले ताण्डव न्यूजसँग भने ।

‘कोभिड – १९’ कोरोना भाईरसको संक्रमणबाट बच्न ट्राफिक प्रहरीले ड्यूटीमा बस्दा लगाउने पन्जा र मेडिकल मास्क प्रयोग गरिरहेको छ । भने अन्य सुरक्षाकर्मीहरुले सामान्य मास्कले गर्जाे टारिरहेका छन् । जो संक्रमणबाट बच्न यथेस्ट भने कदापी होईन ।

‘हामीले त्यै ड्यूटी बस्दा लगाउने सामान्य पन्जा र मास्क लगाईराछौ, निरिक्षक रोकाले भने, अहिलेको सवालमा चाँही स्तरिय चाहिने हो । किनभने सवारीका चाँवीहरु छुनुपर्छ ।’ उनले कुनै निकायबाट सहयोग नभएको बताउदै मास्क व्यक्तिगत रुपमा जोहो गरेको तर्क दिए ।

लकडाउनको आदेश जारी भएको आज तिन दिन बितिसक्दा (बिहिबार) सर्वसाधारणले तुलनात्मक रुपमा आदेश पालना गरेको प्रहरी उनले बताए । ‘तेस्रो दिनसम्म आईपुग्दा अनावश्यक रुपमा सडकमा निस्कने सवारीको सँख्यामा कमि आएको छ ।’ उनले भने, अस्ती ३ सय ७५ सवारी नियन्त्रणमा लिईएको थियो । हिजो १ सय ६८ र आज ३१ वटा नियन्त्रणमा लिईएको छ ।’

रोकाले कास्कीको गगनगौंडा, कुभिन्डे र नयाँपुल तथा पोखराको मुख्य चोकहरुमा ट्राफिक प्रहरी खटिरहेको बताए । उनका अुनसार ९० बढिको सँख्यामा ट्राफिक प्रहरीको सडकमा सुरक्षाका लागि खटिरहेका छन् ।

जोखिम मोलेर सुरक्षा दिदैछौँ : डिएसपी केसी

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक राज कुमार केसीले जोखिम मोलेर सुरक्षामा खटिरहेको धारणा राखे । उनले कास्कीमा निरन्तर कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी फिल्डमा खटिएको बताउदै भने, ‘यो जस्तो संकट अरु होईन, हामीले जोखिम मोलेरै भएपनि विभिन्न स्वरुपमा यो संकट टार्न लागिपरेका छौं ।’

उनले कुनै निकायबाट सुरक्षाका सामाग्री सहयोग नआएको बताए । ‘कसेले सहयोग गर्याछैनन्, हामीले आफ्नै तर्फबाट जोहो गरिराछौं । यो संक्रमणको बेलामा हामीलाई चाहियो भनेर बोल्न पनि मिलेन, सामाग्री चाँही जरुरी हो ।’

उनले सुरक्षाको विषयमा काम गर्ने भएकाले सचेतना सहित जोखिम मोलेरै फिल्डमा खटिरहेको दोहोर्याए । ‘हामी सुरक्षा विज्ञ हौ स्वास्थ्य विज्ञ होईनौ, अघिल्लो पङ्तिमा रहेर काम गर्नुपर्ने भएकाले हामी सुरक्षित हुन जरुरी हो तर सुरक्षाका सामाग्री सहयोग आछैन ।’ डिएसपी केसीले भने ।

यता पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले मेडिकल मास्क र पन्जाको जोहो गर्न लागिपरेकोे बताए । उनले सुरक्षाकर्मीहरुलाई संक्रमणको उच्न जोखिम हुने भएकाले आवश्यक सुरक्षा सामाग्री जुटाउनकै लागि पहल गरिरहेको बताए । ‘छिट्टै जुटाउदै छौ, व्यवस्थापन कसरी गर्ने, मास्क र पन्जा कसरी जुटाउने भनेर विहान देखी त्यै छलफलमै छौ ।’ मेयर जिसीले भने ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.