www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले किटनाशक औषधी छर्कियो

कास्की ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न पोखरा महानगरले नगर क्षेत्रमा किटनाशक औषधी छर्कन शुरुआत गरेको छ । महानगरले बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ ।

पोखरा–८, न्युरोडस्थित महानगरको कार्यालयबाट शुरु गरिएको औषधी छर्कने अयिभान आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभारम्भ गरे । कोरोना भाइरसको सङ्क्रमणलाई महानगर क्षेत्रभित्र फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको र महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छरिने प्रमुख जिसीले बताए।

Batas

अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन महानगरबासीसँग उनले आग्रह समेत गरे । जारी लकडाउनको पूर्ण पालना गर्न र कुनै पनि बहानामा अवज्ञा नगर्न प्रमुख जिसीले नगरवासीसँग विशेष आग्रह गरेका छन् । पहिलो चरणमा १०० लिटर उक्त किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य÷मुख्य स्थानमा किटनासक औषधी छरिने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए ।

महानगरले कोरोनाको सम्भावित सङ्क्रमण रोकथामका लागि दुई स्थानमा १५० बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । त्यसैगरि वैदेशिक रोजगारीबाट हालै फर्किएकाहरु ३३ वटै वडामा तथ्याङ्क सङ्कलन शुरु गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना समेत गरेको छ । सो कोषमा कर्मचारीले सहयोगको घोषणा गरेका छन् ।

पोखरा महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीमध्ये श्रेणी विहीन कर्मचारीबाट जनही रु एक हजार र अन्य शिक्षक, स्वास्थ्यकर्मी लगायत सबै कर्मचारीले कोषमा जनही रु दुई हजार सहयोगको घोषणा गरेको महानगर प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिए । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.