www.tandavnews.com
Fact ~ In search of truth

कोरोनाभाइरस: सङ्क्रमितको सङ्ख्या चीन र इटलीभन्दा अमेरिकामा धेरै

काठमाडौं । 

कोरोनाभाइरस सङ्क्रमणका पछिल्ला आँकडा अनुसार अब सबभन्दा धेरै सङ्क्रमितको सङ्ख्या अमेरिकामा पुगेको छ। जन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय पुगेको छ।

चीनमा कुल सङ्क्रमितको सङ्ख्या ८२ हजारभन्दा कम छ भने इटलीमा ८० हजार छ।

Batas

विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ। इटलीमा दुई दिनको तुलनामा फेरि मर्नेहरूको सङ्ख्या बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।

संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ। करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.