www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुग्यो

वालिङ । 

स्याङ्जाका विभिन्न पालिकामा निर्माण भएका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २१३ पुगेको छ । विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि जिल्लाका ११ पालिकाले निर्माण गरेका विभिन्न ठाउँमा रहेका क्वारेन्टाइनमा विदेशबाट फर्केपछि बस्नेको सङ्ख्या २१३ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए ।

स्याङ्जामा हालसम्म क्वारेन्टाइनमा १९, सेल्फ क्वारेन्टाइनमा एक र होम क्वारेन्टाइनमा १९३ रहेका प्रनाउ भण्डारीले बताए । “जिल्लाका सबै स्थानीय तहमा स्थानीय तह, प्रहरी प्रशासनलगायतको सहयोगमा विदेशबाट आउनेको विवरण सङ्कलन गर्ने कार्यले तीव्रता पाएको छ”, प्रनाउ भण्डारीले भने , “विदेशबाट फर्केकालाई घर घरमै पुगेर होम क्वारेन्टाइन वा पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा राखेका छौँ ।” विदेशबाट फर्केकाहरुको खोजी कार्यलाई तीव्रता दिइएकाले पनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या थपिन सक्ने बताइएको छ ।

Batas

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनको उल्लङ्घन गर्ने ४९ सवारी साधनलाई स्याङ्जामा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बुधबार २४ र बिहीबार २५ गरी कूल ४९ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रनाउ भण्डारीले बताए । “लकडाउनको पालना गरी आफू र परिवारलाई सुरक्षित राख्नका लागि सचेतनास्वरुप माइकिङसमेत गरिएको छ”, प्रनाउ भण्डारीले भने , “लकडाउनका बेला अत्यावश्यक कामबाहेक सडकमा सवारी साधन नचलाउन र घरबाहिर पैदलसमेत ननिस्कन आग्रह गरेका छौँं ।”

उन्नाइस वर्षीया युवती सवार जहाजमा यात्रा गरेका भनिएका स्याङ्जाका छ जना क्वारेन्टाइनमा बसेका स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । छजनामध्ये स्याङ्जाको फेदीखोला गाउँपालिकाका एक युवक र उहाँको परिवार गरी तीनजनाको स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशालामा पठाइएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.