www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीबाट पठाइएका १६ मध्ये १३ जनाको कोरोना रिपोर्ट नेगेटिभ

घरमभित्रै रहे संक्रमणबाट बच्न सकिने स्वास्थ्य विज्ञको सुझाव

पोखरा
ताण्डव न्यूज ।

गण्डकी प्रदेशका विभिन्न स्थानहरुबाट संकलन गरिएका ‘स्वाब’हरु मध्ये १३ जनामा कोरोना नरहेको पाइएको छ । हालसम्म १६ ब्यक्तिको स्वाब पठाइएकोमा १३ जनाको रिपोर्ट आएको हो । बाँकीकाे केही दिनमा अाउने छ भने संकलन गरिएका २ ब्यक्तिको स्वाब पठाउन बाँकी छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी प्रयोगशाला प्रमुख सपना सुवेदीले १३ जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टी गरिन् ।

Batas

यस्तै, स्वास्थ्य विज्ञहरुले कोरोना संक्रमणबाट बच्न घरभित्रै रहन सुझाव दिएका छन् । साबुन पानी, सेनिटाइजर, मास्क र सरसफाइमा उच्च ध्यान दिन सके संक्रमणबा बच्न सकिने बताएका हुन् । विज्ञहरुले बाहिरी ब्यक्तिहरुको सम्पर्कमा नआउन र खाद्य सामाग्री अथवा अन्य अत्यावश्यक सामाग्री खरिद गर्न बाहिर निस्कनु परे उच्च सतर्कता अपनाउन समेत आग्रह गरेका छन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.