पोखरा
ताण्डव न्यूज ।
बुधबार क्वारेन्टाइनमा मृत्यु भएका ब्यक्तिमा कोरोना नरहेको पुष्टि भएको छ ।
कास्कीको रुपा गाउँपालिकामा क्वारेन्टाइनमा रहँदै आएका विश्व मोहन नेपालीको बुधबार उपचारका लागि अस्पताला ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

१० दिन अघि भारतबाट आएका नेपाली क्वारेन्टाइनमा रहँदै आएकोमा स्वास्थ्यमा थप समस्या भएपछि थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बिहिबार नेपालीको स्वाब परिक्षणका लागि पठाइएकोमा आज रिपोर्ट आएको क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्ट अनुसार मृतक नेपालीमा कोरोना संक्रमण नदेखिएकाे हाे ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.