www.tandavnews.com
Fact ~ In search of truth

नेपाल एयरलाइन्सको चार्टर्ड प्लेन नेपालगञ्ज एयरपाेर्टमा चिप्लियो

काठमाडौँ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।

कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानको जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो ।

Batas

जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले राससलाई जानकारी दिए।

उहाँले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.