www.tandavnews.com
Fact ~ In search of truth

काेराेना महामारी : संक्रमितकाे संख्या ६ लाख नाघ्यो, २८ हजार बढीको मृत्यु

काठमाडौं ।

विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेहरुको संख्या ६ लाख नाघेको छ। पछिल्लो विवरण अनुसार ६ लाख १४ हजार २ सय २४ मा कोरोना संक्रमण भएको छ भने २८ हजार २ सय ४० को मृत्यु भएको छ।

यो अवधिमा कोरोना संक्रमणबाट निको भएर घर फर्किनेहरु १ लाख ३७ हजार ३ सय ३२ रहेका छन्।

Batas

पछिल्लो समय कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकामा १ लाख ४ हजार २ सय ५६ जनामा संक्रमण देखिएकाे छ भने १ हजार ७ सय ४ जनाको मृत्यु भएको छ।

त्यस्तै इटालीमा ८६ हजार ४ सय ९८ लाई कोरोना संक्रमण भएको छ। इटालीमा काेराेनाबाट सबैभन्दा धेरै ९ हजार १ सय ३४ जनाको मृत्यु भएको छ।

कोरोनाको सुरुवाती केन्द्र रहेको चीनमा भने पछिल्लो सयम संक्रमण र मृत्युदरमा केही स्थिरता आएको छ। जम्मा ५४ नयाँ बिरामी भेटिएका छन् भने थप ३ जनाको मृत्यु भएको छ।

कोरोनाबाट विश्वभर मृत्युदर १७ प्रतिशत छ भने निको हुने दर ८३ प्रतिशत रहेको छ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.