www.tandavnews.com
Fact ~ In search of truth

स्पेनकी राजकुमारीको कोरोना भाइरसका कारण मृत्यु

एजेन्सी । 

कोरोना भाइरसका कारण स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको मृत्यु भएको छ। उनको शुक्रबार निधन भएको स्पेनका सञ्चारमाध्यमले जनाएका छन्।

टेरेसा स्पेनको बोउरबोन–पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन्। युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्।

Batas

यसअघि बेलायती राजकुमार चार्ल्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो। स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ९८२ पुगिसकेको छ। स्पेनमा समग्र संक्रमितको संख्या ७३जार नाघेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.