www.tandavnews.com
Fact ~ In search of truth

इपिसेन्टर इटाली : कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

इटाली ।

इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार १० हजार नाघेको छ। बितेको २४ घण्टामा संक्रमणका कारण त्यहाँ थप ८८९ जनाको मृत्यु भएको इटालीका अधिकारीहरूले बताएका छन्।

योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा १० हजार २३ पुगेको रोयटर्सले जनाएको छ। यसैगरी संक्रमितको संख्या ९२ हजार ४ सय ७२ भएको छ।

Batas

यो संक्रमण संख्या अमेरिकापछिको दोश्रो ठूलो हो।

अमेरिकामा हालसम्म १ लाख २३ हजार बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ भने २२ सय बढीको ज्यान गइसकेको छ।

इटालीका सरकारी अधिकारीले ‘लकडाउन’ नगरिएको भए अवस्था अझ भयावह हुनसक्ने बताएका छन्। संक्रमणबाट इटालीको लोम्बार्डी क्षेत्र सबैभन्दा बढी प्रभावित छ। त्यहाँ हालसम्म ५ हजार ९ सय ४४ जनाको मृत्यु भइसकेको छ। संक्रमण र त्यसबाट मृत्यु हुनेको नयाँ तथ्याकं सार्वजनिक भएसँगै इटालीका प्रधानमन्त्रीले जुसेपे कोन्टेले ४.७ बिलियन युरोको नयाँ योजना घोषणा गरेका छन्।

नयाँ योजनाले संक्रमणबाट सर्वाधिक प्रभावित भएकाहरूलाई आर्थिक राहत दिनेछ। यसमा किनमेल भौचर र खानासम्बन्धी योजनाहरू सामेल छन्। एजेन्सी

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.