www.tandavnews.com
Fact ~ In search of truth

दुबईबाट आएर बुटवलस्थित कोरोना अस्पतालको क्वारेन्टाइनमा बसेका एकको मृत्यु

बुटवल ।

कोरोना भाइरसको संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित कोरोना अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।

कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो। उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए।

Batas

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थिए। उनी दुबईबाट नेपाल आएका थिए।

यसबारे बैठक बसिरहेको अस्पताल स्रोतले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.