www.tandavnews.com
Fact ~ In search of truth

पोखरा महानगरले २ करोडको राहात वितरण गर्ने

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

पोखरा महानगरपालिकाले करिब २ करोड बराबरको राहात वितरण गर्ने भएको छ । पर्सि ( बुधबार ) देखि महानगरभित्र रहेका निम्न वर्गीय १० हजार परिवारलाई २ हजार बराबरको खाद्यान्न सामाग्री वितरण गर्ने तयारी भैरहेको मेयर मान बहादुर जिसीले ताण्डव न्यूजलाई बताए ।

उनले आज र भोलि सम्म ३३सै वडाबाट सिफारिस गरि सक्ने बताउदै सो घर परिवारलाई पर्सीदेखी राहात वितरण गर्ने जानकारी दिए ।

Batas

‘जस्को बिहान बेलुका चुल्हो बल्दैन, उनले भने, ‘जस्तोकी ज्यामी मजदुरी गरि जिविकोपार्जन गर्दै आएको परिवार छन त्यस्ता परिवारलाई सहयोग गर्छौ।’ मेयर जिसीले हरेक वडामा तोकिएको फोकल पर्सनको सिफारिसमा निम्न वर्गको परिवार छनौट गरिने बताउदै भने, ‘यो प्रदेश सरकारको समन्वय पनि हो । यहीकै स्थानीय हुनैपर्छ भन्ने होईन लकडाउन पश्चात दैनिकी गुजार्न हम्मे हुने परिवारलाई मात्रै राहात दिने हो ।’

जिसीले आज र भोलीसम्म ३३ वडाबाटै नामावली संकलन गरिसक्ने बताउदै पर्सि (बुधबार) देखि निश्चित सप्लायर्सबाट राहत प्रदान गर्ने व्यवस्था गरिएको बताए । उनने विभिन्न सप्लायर्सबाट वितरण गर्ने व्यवस्था मिलाईने जानकारी दिदै सप्लायर्स निश्चित गर्ने जिम्मा पोखरा उद्योग वाणिज्य संघलाई दिईएको बताए ।

‘कुनै एक सप्लायर्सले ५० हजार बराबरको समान वितरण गरेपछि हामीकहाँ आएर नगद भुक्तानी गर्छ ‘ मेयर जिसीले भने । उक्त निम्न वर्गीय परिवारलाई २५ केजी चामल, नुन, तेल तथा दाल गरि २ हजार बराबरको राहात वितरण गरिने महानगरले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.