www.tandavnews.com
Fact ~ In search of truth

सवारीको नवीकरण म्याद कटेपनि जरिवाना नलाग्ने

पोखरा ।

कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि सबै कलकारखाना तथा कार्यालयहरु बन्द छन् ।

सवारी साधनमा लाग्ने वार्षिक कर, नवीकरण, सवारी चालक अनुमतिपत्र नवीकरण, प्रदूषण जाँचपास तथा रुटपर्मिट नवीकरणको अवधि लकडाउनकै समयमा सकिन सक्छ । सोही कुरालाई मध्ये नजर गर्दै यस अवधिमा म्याद गुज्रिएका सवारीलाई कुनै कारवाही नगर्न सरकारले निर्देश गरेको छ ।

Lama collectio News Middle

सरकारले यसअघि एक साताको लकडाउन गरेको थियो भने पुन चैत्र २५ गतेसम्म फेरी लकडाउन अवधि थपेको हो । लकडाउन सकिएपछि म्याद गुज्रिएको सबै सवारी साधनले म्याद थप्नु पर्ने भनिएको छ ।

मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सवारी साधन प्रयोगमा लाग्ने कर लगायतका विषयमा समय थप गरेको हो ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery