www.tandavnews.com
Fact ~ In search of truth

विद्यालयको शुल्क मिनाहा गर्न सरकारको निर्देशन

पोखरा ।

सरकारले कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत घोषणा गर्दै मायमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको शुल्कमा आवासवाहेक अरु छुट दिन निर्देशन दिएको छ ।

सरकारले गरेको निर्णय स्वागत योग्य रहेको भन्दै निजी तथा आवासीय विद्यालय संघ नेपाल (प्याब्सन) ले सरकारले विद्यालय पक्षलाई पनि केही राहत दिनु पर्ने माग गरेको छ । बैकबाट ऋण लिएका विद्यालयहरुलाई एक महिनाको बैक ब्याज मिनाहाको व्यवस्था गर्नु पर्ने प्याब्सनका अध्यक्ष टिकाराम पुरीले बताए ।

Batas

‘जुन विद्यालयहरुले जग्गा र भवन भाडामा लिएका छन उनीहरुलाई मार पर्छ,’ उनले भने, ‘त्यसको लागि पनि एक महिनाको भाडा नलाग्ने व्यवस्था सरकारले मिलाइदिनु पर्छ ।’ यस अघि सरकारले भने असंगठित क्षेत्रका श्रमिकहरुसँग एक महिनाको घर भाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ ।

साथै सरकारले विदुत महसुलमा २५ प्रतिशत छुट दिएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.