www.tandavnews.com
Fact ~ In search of truth

सवारी पासमा कास्की प्रशासनको कडाई

सुशान्त गाहा मगर
ताण्डव न्यूज, पोखरा ।

जिल्ला प्रशासन कार्यालय कास्कीले दिदै आएको सवारी साधनको पास व्यवस्थामा कडाई गरेको छ । व्यक्तिगत स्वार्थका लागि विभिन्न बहानामा पास बनाउने तर्क राख्ने गरेकाले अतिआवश्यक बाहेक अन्य व्यक्तिलाई नदिईने प्रवक्ता एवम् सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले ताण्डव न्यूजलाई बताए ।

‘अतिआवश्यक सेवा भित्र कति पासै लिन नपर्ने छन्, उनले भने, ‘पास लिन नपरेकाहरुलाई चाँही त्यही अनुसार प्रहरीलाई निर्देशन भएको छ ।’ उनका अनुसार अतिआवश्यक विधाका व्यक्तिहरुलाई मात्र पास दिदै आईएको छ ।

Batas

‘फजुलमा पास दिन बन्द गरेको हो तर अतिआवश्यक पर्नेहरुलाई चाँही रोक छैन, पौडेलले भने, ‘भवितव्य परेका (दाहासंस्कार), कुनै डक्टरको सल्लाह अनुसार अस्पतालको सिफारिस पत्र भएका, सरकारी अधिकृतहरु तथा माननीयहरु लगायतलाई हेरीहेरी पासको व्यवस्था छ ।’

उनले पत्रकारहरुको सवालमा सुचना विभागमा दर्ता (रातो कार्ड) भएकाहरुलाई सवारी पासको आवश्यक नरहने बताउदै अन्य पत्रकारहरु लागि पासको बारेमा छलफल भैरहेको बताए । ‘पत्रकारहरुको विषयमा यही हो अन्यको हकमा रोक नै लगाईएको छ, अतिआवश्यकको चाहीँ हेरेर छ ।’

विभिन्न बहानामा आवतजावत गरी लकडाउनको आदेश पालना नगर्ने भएकाले फजुलमा पास नदिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.