www.tandavnews.com
Fact ~ In search of truth

भ्रम छर्ने १७ वटा ‘अनलाइन’ बन्द

पोखरा ।

कोरोना (कोभिड–१९) भाइरस बारे अफवाह फैलाउने, जथाभावी तथ्यहिन समाचार सम्प्रेण गरेर भ्रम फैलाएको भन्दै प्रेस काउन्सिल नेपालले १७ वटा समाचार वेबसाइट बन्द गरेको छ ।

चैत्र १० गतेदेखी हालसम्म भ्रम फैलाउने १७ अनलाईन बन्द भएको हो भने ३६ वटा अनलाईनलाई स्पष्टीकरण मागिएको प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले ताण्डव न्युजलाई जानकारी दिए । ‘हामी गलत अफवाह फैलाउने कुनै पनि मिडियालाई कारवाहीको दायरमा ल्याउछौ,’ उनले भने, ‘सबै मिडियाले आचारसहिता पालना गर्नु पर्छ ।’

Batas

ब्लक गरिएको अनलाइनहरु कास्कीखबर डटकम, नेपाली अनलाइन न्युज डटकम, भिजिटस्टार्ट डटकम, न्युज ट्वेन्टीसेभेनमिडिया डटकम, मिडिया काइनेपाल डटकम, निगरानीखबर डटकम, हाम्रो अभियान डटकम, नेपालडीप डटकम, बीबीसीई नेपाल डटकम, इन्युज ट्वेन्टीफोर नेपाल डटकम, ललितपुरखबर डटकम, एचखबर डटकम, पवित्र टिभी डटकम र सिआइए नेपाल डटकम छन् भने ३ वटाको नाम आउन बाँकी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.