www.tandavnews.com
Fact ~ In search of truth

आँधीखोला गाउँपालिकामा कोभिड-१९ सचेतना कार्यक्रम

पोखरा
ताण्डव न्यूज ।

आँधीखोला गाउँपालिकाले कोभिड १९ अर्थात् कोरोना भाइरसविरुद्धको सचेतना कार्यक्रमलाई सशक्तता दिँदै आएको छ । गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरुमा सचेतना कार्यक्रम गरिएको हो ।

गाउँपालिकाले गाउँपालिकाका स्वास्थ्य संस्थाहरुमा कोभिड १९बारे बारम्बार सोधिने प्रश्न तथा यसबाट बच्न गर्नुपर्ने व्यवहारबारे सन्देशात्मक फ्लेक्स प्रिन्ट, हेल्थ डेस्क र विरामी जाँच साथै सल्लाह प्रदान गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख निराजन लामिछानेले बताए ।

Batas

प्रत्येक वडाहरुमा कोभिड १९ रोकथामका लागि पुर्व तयारी तथा प्रतिकार्य समन्वय समिति गठन तथा परिचालन, गाउँपालिका अन्तर्गतका रेडक्रस सोसाइटीका उपशाखा प्रमुख एवं प्रतिनिधिसँग समन्वय गरि छलफल साथै संक्रमण भएका देशबाट आएका नागरिकहरुको पहिचान गरि रिपोर्टिङ गर्ने र होम क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुले नियम उल्लंघन गरेमा स्थानीय तहमा खबर गरि आँधीखोला गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने गरि परिचालन गर्ने निर्णय समेत गरेको छ ।

यस्तै स्वास्थ्यकर्मिलाई तयारी रहन र स्वास्थ्यकर्मीहरुको रेपिड रेस्पोन्स सिस्टम तयार भइसकेको र आवश्यक परेको बेला कार्य गर्न तयार भई काम गर्ने वातावरण सिर्जना गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्राथमिकताको आधारमा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीहरुलाई पिपिइ फुल र हाल्फ पिपिइ सबै स्वास्थ्य संस्थाहरुमा पठाएको जनाएको छ ।

भारत साथै तेस्रो मुलुकबाट गाउँपालिका आएका ब्यक्तिहरु हालसम्म २६ जना होम क्वारेन्टाइनमा रहेको र दैनिक रुपमा ज्वरो साथै स्वास्थ्य परिक्षण घरमै गरि गरिएको छ ।

गाउँपालिकाले विदेशबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राख्न १३ बेड तयारी अवस्थामा र अब १५ बेड थप गर्नकालागि तयारी भइरहेको जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.