www.tandavnews.com
Fact ~ In search of truth

फोटो डायरी : पोखरा शहरलाई एक फन्को मार्दा…

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

शहर अहिले शान्त छ । सडकले गाडीका लस्कर र मान्छेका हुलहरुको भार थेग्न परिरहेको छैन । पसलहरु बन्द छन् । सडकका पेटीहरुमा चहलपहल छैन । छाडा चौपाया पनि निर्धक्क शहर यात्राको मज्जा लिइरहेका छन् ।

डायरी पोखराको चिप्लेढुङ्गाबाट सुरु हुन्छ । पार्किङले भरिभराउ देखिने चिप्लेढुङ्गा यतिबेला खाली छ । विभिन्न व्यवसायका सटरहरुमा ताला झुण्डिएका देखिन्छन् । हिँड्नै नमिल्ने गरि समाना राखिने सडक पेटी पनि पुरै खालि छ ।

Batas

व्यस्त सकड न्यूरोडमा पनि फुर्सदमा छ यतिबेला । अत्यावश्यक बाहेकका सवारी देखिँदैनन् । वित्तिय संस्थाहरु लगायत अन्य व्यवसायहरु पनि संचालनमा छैनन् ।

उस्तै देखिन्छन् पृथ्वीचोक र विरौटा पनि ।

 

रसिलो मानिने लेकसाइडमा कुनै रस छैन । स्वदेशी, विदेशी लगायतका पर्यटकहरुसँगै बार र रेष्टूरामा सुनिने कक्टेल संगितहरु ‘पज’ छन् ।

तालबाराही सुनसान देखिन्छ । शान्त फेवामा हिम श्रृङ्खलाका विम्वहरुसँगै टक्क अडिएर डुंगाहरु साउती मारिरहेका छन् ।

हो, शहर अहिले चुपचाप छ । विश्व्यापी महामारीको रुप लिएको कोभिड १९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारले गरेको लकडाउनको कारण सबै ठप्प भएका हुन् ।

पहिलो चरणमा एक हप्ताका लागि गरिएको लक डाउन दास्रो पटक पनि एक हप्ता थप गरिएको छ ।

सबै तस्विर : माधव भुसाल / ताण्डव न्यूज

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.