www.tandavnews.com
Fact ~ In search of truth

नेपाल बैंकबाट सातै प्रदेशलाई पाँच/पाँच लाख

काठमाडौँ ।

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई रु पाँच/पाँच लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारालाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिए ।

Batas

बैंकले यसअघि देशमा कोरोना भाइरसको सम्भावित सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि सङ्घीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्घीय सरकारको राहत कोषमा रु एक करोड सहयोग गरेको थियो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.