www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका लालबहादुरको कोरोना रिपाेर्ट नेगेटिभ

दमौली ।

तनहुँको ऋषिङ गाउँपालिका–६ पुरानो ऋषिङका ४८ वर्षीय लालबहादुर थापाको कोेरोना भाइरस (कोभिड —१९ ) नतिजा नेगेटिभ आएको छ । ज्वरो आएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।

सोमबार स्वाब सङ्कलन गरिएकोमा बुधबार प्राप्त भएको रिपोर्ट अनुसार थापामा कोरोना सङ्क्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए।

Batas

दुई हप्ता अगाडी भारतबाट फर्किएका थापालाई ज्वरो आएको थाहा पाएपछि गाउँपालिकाले आइतबार परीक्षणका लागि पोखरा पठाएको थियो । उक्त दिन प्रतिष्ठानले उनलाई भर्ना नलिएपछि उनले प्रतिष्ठान प्राङ्गणमा रात बिताएका थिए । उनको बारेमा विभिन्न समाचार माध्यममा समाचार प्रकाशित भएपछि सोमबार प्रतिष्ठानले स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।(रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.