www.tandavnews.com
Fact ~ In search of truth

प्रतिष्ठानद्धारा कोरोना उपचार कोषमा सहयोग, २७ कलाकारलाई खाद्यान्न वितरण

पोखरा
ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान नेपाल गन्डकी प्रदेशले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ ।

समितिले बिहीबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृृथ्वीसुब्बा गुुरुङलाई एक लाख एक सय रुपैयाँ प्रदान गरेकोे छ । यस कार्यबाट कोरोना भाइरस नियन्त्रण कार्यमा सहयोग रहने विश्वास लिएको प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।

Batas

त्यसैगरी प्रतिष्ठानबाट पोखराका बिभिन्न दोहोरी साझमा कार्यरत २७ जना कलाकारहरुलाइ खाध्यन्न सामाग्रि हस्तान्तरण गरेको उनले जनाए । ‘उहाँहरु बसेकै ठाउँमा पुगेर शुक्रबार खाद्यान्न सामाग्री हस्तान्तरण ग¥यौ,’ उनले भने ।

गण्डकी प्रदेशको राजधानी पोखरामा करिब २ दर्जन भन्दा बढि दोहोरी साझहरुमा कार्यरत कलाकारहरुका बारेमा प्रतिस्ठान गन्डकी प्रदेशको तर्फबाट सोधपुछ गर्दा ८५ प्रतिशत कलाकार आफ्नो जन्म घरमा सुरक्षित रहेको र १५ प्रतिशत कलाकार पोखरामा रहेको तथ्य जानकारी मा आए अनुसार १५ प्रतिशत कलाकार मध्य खाध्य संकटमा रहेको हुँदा प्रतिस्ठान गन्डकीको तर्फ बाट चामल, दाल, नुन, तेल, चिउरा, मसला, चाउचाउ, सोयाबिन आदि सामाग्रि बितरण गरिएको उनले जानकारी दिए ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.