www.tandavnews.com
Fact ~ In search of truth

पुतलीबजार र फेदीखोला पालिकाले मिर्गाैलापिडितलाई निःशुल्क यातायात सेवा दिने

स्याङ्जा ।

जिल्लाका दुई पालिकाले मिर्गाैलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् ।

मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन् ।

Batas

पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको ब्यवस्था गरेको बताइन् ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने खालका बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको बताउँदै डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गरिने जानकारी दिए । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.