www.tandavnews.com
Fact ~ In search of truth

थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौँ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

Batas

महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।

योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताए ।

तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् ।

अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.