www.tandavnews.com
Fact ~ In search of truth

राहात लिएर मजदुरको छाप्रोमा पोखरेली युवा

पोखरा
ताण्डव न्यूज ।

उनिहरु नेपाली होइनन् तर मानव नै हुन् । भारतको कोलकतामा बसोबास गर्दै आएका बंगाली अहिले मजदुरीको सिलसिलामा पोखरा छन् । केहि महिना अघि नै आएका हुन् उनिहरु ।

पोखरा वडा नं १७ र २१ जोड्ने गरि सुरु गरिएको पक्की पुलको निर्माणमा खटिएका मजदुरहरु निर्माणस्थल नजिकै छाप्रोमा बस्दै आएका छन् ।

Batas

कोरोना भाइरस रोकथामकालागि सरकारले गरेको लक डाउनले यि मजदुरहरुलाई पनि पिरेको छ । पुल निर्माणको ठेक्का लिएका ठेकेदारले पनि हातमुख जोड्नै धौ धौ भएको अवस्थामा उचित ‘रासनपानी’ नदिइरहेको गुनासो गर्छन् मजदुरहरु ।

सरकारको राहातका कार्यक्रम व्यवहारीक हुन नसकिरहँदा यि मजदुरहरुलाई पोखराका केही युवाहरुले सहयोग गरेका छन् ।

पोखरा–२१ का अर्जुन गिरी, पोखरा–४ का सञ्जय श्रेष्ठ, पोखरा–१०का रोशन जंग शाही र पोखरा–१२ का इश्वर कोइराला लगायतका युवाहरुले आज राहात लिएर पुग्दा मजदुरहरु खुशी देखिन्थे । लकडाउनको अवधि लम्बीरहँदा पर्याप्त नभएपनि रहात मिलेको अनुभुति उनिहरुले सुनाए ।

राहातकै लागि समन्वय गरेका युवा मध्ये एक रोशन जंग शाहीले अति आवश्यक परेमा पुनः सहयोग गर्ने प्रतिबद्धता जनाए ।

यिनै युवाहरुले पोखरा–२१ निर्मलपोखरीकी इन्द्र कुमारी परियारलाई पनि केही दिनका लागि रासनको व्यवस्था गरिदिएका छन् । परियारको परिवार पनि मजदुरी गर्दै जिविकोपार्जन गर्दै आइरहेका थिए ।

लक डाउनका कारण मजदुरी गर्न नपाएर चुल्हो बाल्न नसक्ने अवस्था भएका १० परिवारलाई पनि यि युवाहरुले घरमै पुगेर राहात दिएका छन् । राहातको लागि अग्रसर देखिएका सञ्जय श्रेष्ठ भन्छन् ‘यो अवस्थामा सहयोग गर्नु नै ठूलो मानवियता हो । हामी सकेजति त गर्छौँ नै, तर सरकार यस विषयमा अलिक व्यवहारीक देखिनुपर्यो । अहिलेलाई केही दिनको लागि व्यवस्था मिलाएको छौं । आवश्यक परे पुनः सहयोगमा जुट्छौं ।’

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.