www.tandavnews.com
Fact ~ In search of truth

संक्रमित भेटिएपछि धनगढीमा अस्पताल बाहेक सबै बन्द

अत्तरिया ।

कोरोनाका थप तीन संक्रमित भेटिएपछि आजदेखि धनगढी बजार पूर्ण रुपमा बन्द भएको छ अस्पताल बाहेक सबै क्षेत्र बन्द भएका छन् । आज बजारमा कुनै पनि पसल खुलेका छैनन् ।

धनगढी उपमहानगरपालिकाले शनिबार विज्ञप्ति प्रकाशन गर्दै सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । यस अवधिमा अत्यावश्यक दैनिक उपभोग्य वस्तु होम डेलिभरी गर्न उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह गरिएको छ । रासस

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.