www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रेका सबै वडामा कांग्रेसद्धारा ‘डिसइन्फेक्सन स्प्रे’ छर्कन शुरु

पोखरा ।

नेपाली काङ्ग्रेस माछापुच्छ्रे गाउँपालिका कार्यसमितिले सबै वडामा किटनाशक औषधी डिसइन्फेक्सन स्प्रे छर्किन शुरु गरेको छ ।

कार्यसमितिले गाउँपालिकाका नौ वटै वडामा किटनाशक औषधी छर्किदै कोरोना सङ्क्रमणबाट बच्नका लागि स्थानीयलाई आग्रह गरेको छ।

Batas

वडा नं २ को सार्दिखोलाबाट शुक्रबार शुरु अभियान आज वडा नं १ को टुसे, धिप्राङ वडा नं ३ को भलाबोट, पाउदुर तथा वडा नं ४ लाहाचोकका विभिन्न स्थानहरुमा छर्किएको कांग्रेसका खुशीमान गुरुङले बताए ।

सबै वडामा गरेर नौ हजार लिटर औषधी छर्किने योजना रहेको काँग्रेस नेतृ टेकनशोभा गुरुङले जानकारी दिइन् ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.