www.tandavnews.com
Fact ~ In search of truth

गण्डकीमा कोरोना संक्रमित बोक्ने छुट्टै एम्बुलेन्स

पाेखरा ।

कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कोरोना शंका गरिएका र कोरोना संक्रमित पुष्टि भएकाहरुका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।

प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले वर्तमान अवस्थालाई ध्यानमा राखी जोखिम न्यूनीकरणका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएका चालकसहित छ एम्बुलेन्स व्यवस्था गरिएको जानकारी दिए ।

Batas

शर्माका अनुसार पहिलो चरणमा नेपाल रेडक्रस सोसाइटी कास्की, आर्मी अस्पताल फूलबारी, हरियोखर्क अस्पताल नयाँगाउँ, बिजी अस्पताल माटेपानी, सिद्धार्थ क्लब बगालेटोल र फिस्टेल अस्पताल गैह्रापाटनका एम्बुलेन्सलाई पिपिईसहित परिचालन गर्ने निर्णय गरिएको हो ।

उनका अनुसार सुरक्षा सामग्रीको अभावमा एम्बुलेन्सले शंकास्पद बिरामी बोक्न आनाकानी गर्न थालेपछि यो निर्णय गरिएको हो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.