www.tandavnews.com
Fact ~ In search of truth

फलेवासको विपद कोषमा सातकुरीया बौद्धिक युथ सोसाईटीकाे सहयोग

पर्वत
ताण्डव न्यूज ।

पर्वतको फलेवासमा रहेको सातकुरिया फलेवास बौद्धिक युथ सोसाईटीले विपन्न तथा मजदुरका परिवारहरुलाई सहयोगार्थ २५ हजार ७ रुपैया आर्थिक सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाईरका कारण लामो समय मुलुक लकडाउनमा परिरहेको बेला विपन्न, तथा मजदुरका परिवारहरु दैनिक चुल्हो बाल्न समेत समस्यामा परेकोले थोरै भएपनि राहत पुगोस भनेर रकम सहयोग गरिएको सोसाईटीका संयोजक विनोद पौडेलले जानकारी दिए ।

Batas

कर्म गरौ सबै ठाँउमा, केही गरौ आफ्नै गाउँमा भन्ने मूल मन्त्रका साथ स्थापना भएको सातकुरिया फलेबास बौद्धिक युथ सोसाइटीले विभिन्न सामाजिक कामहरु गर्दै आएको सस्थाका क्रियाशील सदस्य अनिल पौडेलले बताए । फलेवास नगरपालिकाले स्थापनाले गरेको नोबेल कोरोना विपद कोषमा सोसाईटीले उक्त रकम सहयोग गरेको हो ।

सोसाईटीमा हाल २७ जना सदस्य रहेको यस संस्थाले आगामी दिनहरूमा पनि फलेबास क्षेत्रमा सामाजिक कार्यहरू अगाडि बढाउने जानकारी समेत सोसाईटीले दिएको छ ।

उक्त सहयोग ग्रहण गर्दै फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले विपन्न, र मजदुर तथा गरिब परिवारहरु लामो समयको लकडाउनका कारण समस्यामा परकोे बताउँदै उनिहरुलाई पारदर्शि ढंगवाट राहत वितरण गरिने र सहयोग गर्ने संस्थालाई धन्यवाद समेत व्यक्त गरेका छन् ।

फलेवास नगरपालिकाले रु ३५ लाखको विपद कोष स्थापना गरेको छ । उक्त कोषमा विभिन्न क्षेत्रवाट आर्थिक सहयोग र खाद्यान्न संकलनको क्रम जारी रहेको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.