www.tandavnews.com
Fact ~ In search of truth

लकडाउन प्रभावःइटाली र स्पेनमा कोरोना संक्रमित घट्दै

एजेन्सी ।

चीनपछि कोरोनाको इपिसेन्टर बन्दै आएको युरोपेली देश इटाली र स्पेनमा संक्रमितको संख्या घट्न थालेको छ । स्पेनमा लगातार चौथो दिन मृतकको संख्यामा कमी हुदैँ आएको बीबीसीले जनाएको छ ।

कोभिड–१९ का कारण स्पेनमा हिजो (सोमबार) ६३७ जनाले ज्यान गुमाएका छन् । योसँगै मृतकहरूको संख्या १३ हजार नाघिसकेको छ । गत बिहीबार ९ सय ५० जनाको मृत्यु भएको थियो । स्पेनमा संक्रमितको संख्या १ लाख ३५ हजारभन्दा बढी पुगेको छ ।

Batas

विगत केही दिनयता कोभिड–१९ संक्रमितको संख्यामा कमी आएपछि त्यहाँ लकडाउनले काम गरेको ठानिएको छ । तीन सातादेखिको लकडाउन अप्रिल अन्त्यसम्मका लागि बढाइएको छ । प्रधानमन्त्री पेद्रो साञ्चेजले अर्को सातादेखि आवागमन केही खुकुलो पार्न सकिने भए पनि लकडाउन अप्रिल २५ सम्म जारी रहने बताएको जनाइएको छ ।

स्पनेकी स्वास्थ्य आपत्कालीन समितिकी उपप्रमुख मारिया जोसे सियराले सोमबारको मृत्यु र संक्रमणको संख्याले महामारी केही सुस्त भएको देखिएको जनाएकी छिन् ।

त्यसैगरी इटालीमा पनि पछिल्ला केही दिनयता मृतक तथा संक्रमितको संख्यामा कमी आएको छ । शनिबार इटालीमा ६ सय ८१ जनाले ज्यान गुमाएका थिए । जुन मार्च २३ यताकै सबैभन्दा कम हो ।

आइतबार ५ सय २५ जनाको ज्यान गएको जनाइएको छ । यो दुई सातायताकै सबैभन्दा कम हो । इटालीमा कोभिड–१९ का कारण हालसम्म १५ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमितको संख्या १ लाख २५ हजार नाघिसकेको छ ।

यसअघि अप्रिल ३ सम्मका लागि घोषित लकडाउन (अप्रिल १२) सम्मका लागि थप गरिएको जनाइएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.