www.tandavnews.com
Fact ~ In search of truth

कोरोना भाइरसको विषयमा प्रधानमन्त्रीले आज ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) कोरोना भाइरस (कोभिड( १९)को विषयमा देशवासीलाई सम्बोधन गर्ने भएका छन् । अहिले ११ बजे प्रधानमन्त्रीले बालुवाटारबाट देशवासीका नाममा सम्बोधन गर्ने तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

थापाले फेसबुक स्टाटस मार्फत प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज बिहान ११ः०० बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट उहाँको संबोधन सार्वजनिक हुनेछ ।सबै संचारमाध्यमहरूलाई NTV Live पछ्याउनु हुन अनुरोध गरिन्छ ।’

Batas

दोस्रोपटक लकडाउनको अवधि थपेको र पहिलो लकडाउनको अवधि सकिएको दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.