www.tandavnews.com
Fact ~ In search of truth

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्स आई.सी.यु मा

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण विगत १० दिनदेखि आफ्नै घरमा सेल्फ आइसोलेसनमा बसिरहेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन आइतबार स्वास्थ परीक्षणका लागि अस्पताल पुगेका थिए। स्वास्थ्यस्थिति कमजोर हुँदै गएपछि हिजो (सोमबार) नै उनलाई लण्डनको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित जाँचका क्रममा स्वास्थ स्थिति थप गम्भीर भएपछि उनलाई सोही अस्पतालको सघन उपचारकक्षमा सारिएको छ । प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङका अनुसार प्रधानमन्त्री जोन्सन यही आइतबार साँझदेखि अस्पताल भर्ना भएका थिए । विस्तारै स्वास्थ्य अवस्था बिग्रँदै गएपछि निकै गम्भीर स्थिति हुँदा उपचारमा संलग्न चिकित्सकको टोलीको सल्लाह र निगरानीमा थिए । सोमबार दिउँसोदेखि उनलाई सघन उपचारकक्षमा सारिएको बताइएको छ ।

Batas

उनले आफ्ना विदेशमन्त्री डोमिनिक राबलाई आवश्यक ठाउँमा भूमिका निभाइदिन अनुरोध पनि गरेका छन् । तर यसको अर्थ उनले कार्यवाहकका रूपमा जिम्मेवारी दिएको भने होइन । अवस्था अझै गम्भीर बनेमा भेन्टिलेटरमा राख्ने तयारी पनि गरिरहेको उपचारमा खटिएको टोलीले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.