www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा कोरोना भाइरसको ‘र्‍यापिड टेस्ट’

बागलुङ ।

कोरोना भाइरस, (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्न जिल्लामा ‘लकडाउन’ लाई थप कडा तुल्याइएको छ । स्थानीय प्रशासनले तरकारी, दूध जस्ता अत्यावश्यक वस्तु व्यवसायीकहाँबाट घरमै मगाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

दैनिक उपभोग्य सामान किनमेलका क्रममा बजार र पसलमा भीड हुन थालेपछि कडाइ गरिएको हो । अघिल्ला दिनका तुलनामा आइतबारदेखि मानिसको हिँडडुलमा कमी आएको छ । आइतबार ‘लकडाउन’ अटेर गरी बजारमा हिँड्ने ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोमबार बिहानै पनि ३० पक्राउ परेका थिए । नियन्त्रणमा लिइएकालाई सम्झाइ बुझाइ गरेर छाडिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । प्रहरीले अत्यावश्यक काम नपरी घर बाहिर ननिसक्न सबैमा आग्रह गरेको छ ।‘दैनिक उपभोग्य वस्तुपनि फोनबाट घरमै मगाउन अनुरोध गरेका छौँ’, उनले भने, ‘लकडाउनको पालना गराउन हाम्रो तर्फबाट सक्दो प्रयास भइरहेको छ, उल्लंघन भए थप कडाइ गर्दछौँ ।’ उनले पछिल्ला दिनमा ‘लकडाउन’ प्रभावकारी बनेको उल्लेख गरे । बागलुङमा कोभिड–१९ का दुई जना बिरामी फेला परेका छन् । संक्रमित भेटिएसँगै थप जोखिम बढेपछि ‘लकडाउन’ कडा पारिएको हो ।

Lama collectio News Middle

संक्रमित दुवैको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार दुवैको अवस्था सामान्य छ । यही चैत ४ गते बेल्जियमबाट आएकी बागलुङ नगरपालिका–४ की १९ वर्षीय किशोरी र सोही नगरपालिका–३ की ६५ वर्षीया महिलामा सो भाइरसको संक्रमण भेटिएको थियो ।

दुवै जना कतार एयरको क्यूआर ६५२ बाट नेपाल आएका थिए । संक्रमितका परिवारका सदस्यमा भने कोरोना भाइरसको संक्रमण देखिएको छैन । यसैबीच, सरकारले संक्रमितको बसोबास क्षेत्र, आफन्त र विदेशबाट आएका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार विदेशबाट आएका करिब ९ सय र संक्रमितका छिमेकी, आफन्त गरेर एक हजार जतिको ‘र्यापिड टेस्ट’ गरिने भएको छ । थप संक्रमणको जोखिम बढेपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop