www.tandavnews.com
Fact ~ In search of truth

कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित

काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई र आगामी बैशाखमा हुने कक्षा १२ को परीक्षा सँगै गर्न सकिने जनाएको थियो ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिएका छन् । ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ’ उनले भने ‘अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।’

Batas

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.