www.tandavnews.com
Fact ~ In search of truth

सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण वातावरण बनाऊ:पत्ररका महासङ्घ

काठमाडौं ।

नेपाल पत्रकार महासंघले कोभिड–१९ को संक्रमण फैलन नदिन ‘लकडाउन’का समयमा सुरक्षित ढङ्गले समाचार सम्प्रेषण गराउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ । महासंघका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै असहज परिस्थितिका बीच अनेकौँ कठिनाइ र जोखिम मोलेर नागरिकलाई सुसूचित गराउने महत्वपूर्ण दायित्व पत्रकारले बहन गरिरहेको बताएका छन् ।

संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी पत्रकारलाई सही र सहज ढंगबाट सूचना उपलब्ध गराउन र स्वतन्त्र, सुरक्षित एवं निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्नसमेत महासंघले सम्बन्धित निकायसँग माग गरेको छ ।

Batas

विषम परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत कर्ममा जुटेका पत्रकारमाथि विभिन्न पक्षबाट भइरहेको आक्रमण, दुर्व्यवहार, हातपात, समाचार संकलनमा रोकलगायत घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.