www.tandavnews.com
Fact ~ In search of truth

५ हजारको थर्मल गन १५ हजारमा बेच्ने शंकर ग्रुपका सञ्‍चालक सुलभ अग्रवाल पक्राउ

काठमाडौँ ।

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल कालोबजारी आरोपमा पक्राउ परेका छन् ।

ज्वरो नाप्‍ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा अग्रवाललाई महानगरीय अपराध महाशाखाको टोलीले अग्रवाललाई नक्सालबाट आज (मंगलबार) बिहान पक्राउ गरेको हो ।

Batas

उनको साथबाट प्रहरीले ६७ वटा थर्मल गन पनि बरामद गरेको छ। नेपालका लागि किर्गिस्तानका अवैतनिक दूतसमेत रहेका अग्रवालले ५ हजारमा पाइने थर्मल गन १५ हजारसम्‍म लिएर बिक्री गरेका थिए। गत सातामात्रै अग्रवालले नेपाल एयरलाइन्सको जहाजमार्फत् चीनबाट २० हजार थान थर्मल गन ल्याएको पनि खुलेको छ।

ग्राहक बनेको प्रहरीलाई सामान पुर्‍याउन जाने क्रममा अग्रवाल कूटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा राखिएको थर्मल गनसहित पक्राउ परेका थिए। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.