www.tandavnews.com
Fact ~ In search of truth

कोषमा संघीय संसद् सचिवालयको एक करोड

काठमाडौँ ।

सङ्घीय संसद् सचिवालयले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड एक लाख ३२ हजार ८०० जम्मा गरेको छ । संघीय संसद् सचिवालयका अनुसार आज सो रकम जम्मा गरिएको हो । कोषमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले समान ६७ हजार ३२० जम्मा गरेका छन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले ७० हजार ७३० जम्मा गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलका तर्फबाट १९५ जना सांसदको ६३ लाख दुई हजार ५९० कोषमा जम्मा गरिएको छ । संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवको ६४ हजार ७०, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलको ३२ हजार ३५ कोषमा जम्मा गरिएको छ ।

Batas

सभामुख, अध्यक्ष तथा सांसदको निजी सचिवालयका कर्मचारीको २१ लाख ४६ हजार ८५६, सचिवालयका स्थायी कर्मचारीको ११ लाख १७ हजार ९७९, करारका कर्मचारीको दुई लाख ६३ हजार ९०० जम्मा गरिएको छ । कोषका हालसम्म एक अर्ब ८३ करोड ७७ लाख ८० हजार ६२० बराबरको रकम जम्मा भएको छ । रासस

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.