www.tandavnews.com
Fact ~ In search of truth

महामारीका बेला काम नगर्ने पाँच डाक्टर निकालिए

बुटवल । 

कोरोना संक्रमणको महामारीका बेला कामकाजमा नआउने पाँचजना चिकित्सकलाई सेवाबाट बर्खास्त गरिएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा करार ज्यालादारीमा कार्यरत पाँच चिकित्सकलाई सेवाबाट हटाइएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले कुनै पनि स्वास्थ्यकर्मीलाई बिदामा नबस्‍न भनेको छ । तर, प्रादेशिक अस्पतालमा कार्यरत ती चिकित्सक बिना जानकारी कार्यालयमा हाजिर नभएपछि बर्खास्ती गरिएको हो ।

Batas

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डन डा.राजेन्द्र खनालले करारमा रहेका चिकित्सक हटाइएको जानकारी दिए।

रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र ताराप्रसाद शर्मा, आकस्मिक विभागमा कार्यरत डा. प्रकृति कार्की, नाक, कान घाटी विभागका डा. प्रकाश न्यौपाने र न्यूरो सर्जन डा. सुवासचन्द्र चौधरीलाई सेवाबाट हटाइएको हो ।

यी चिकित्सकले जानकारी नै नदिइ बिदा बसेको अस्पतालले जनाएको छ । सामाजिक विकास मन्त्रालयले लापरवाही गर्ने चिकित्सकलाई कारबाही सुरु गरिएको जनाएको छ । सेवा प्रवाहमा बेवास्था गर्नेलाई सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.