www.tandavnews.com
Fact ~ In search of truth

र्‍यापिड टेष्ट किटसहित स्वास्थ्यकर्मी बागलुङमा

गलकोट ।

नेपाल सरकारले बागलुङ जिल्लामा कोरोनाको उच्च जोखिम बढेपछि कोरोनाको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरेको चौथो दिन मात्रै स्वास्थ्य मन्त्रालयको टोली बागलुङ आइपुगेको छ । मन्त्रालयमा कार्यरत वरिष्ठ मेडिकल ल्याब टेक्निसियन धनप्रसाद पौडेल नेतृत्वको टोली बुधबार साँझ धौलागिरि अञ्चल अस्पताल आएको अस्पतालले जनाएको छ । टोलीमा प्राविधिक किशोर पाण्डे सहभागी छन् ।

स्वास्थ्य मन्त्रालयको टोली जिल्लामा एक हजार जनाको द्रुत परीक्षण गर्ने किटसहित आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीसँगै दुई थान भेन्टिलेटर, १०० थान पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीई), एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका लागि प्रयोग हुने किट लगायतका सामग्री पठाएको छ ।

Batas

टोलीले बिहीबार परीक्षणबारे ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई जानकारी दिएपश्चात परीक्षण शुरु गर्ने तयारी छ । सरकारले जिल्लामा रहेका दुई सङ्क्रमित, तिनका परिवार, सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शङ्कास्पद ९०० भन्दा बढीको परीक्षण गर्ने गरी बागलुङमा र्यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । (रासस)

© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.